Sat. May 18th, 2024

दाङ, १२ फागुन ।
स्वतन्त्र पत्रकार संघ दाङ शाखाले एक लाख बढी अक्षयकोष स्थापना गर्ने भएको छ । संघको बिहिबार (आज) तुलसीपुरमा बसेको नियमित बैठकले संघमा आवद्ध सदस्यलाई वार्षिकरुपमा सम्मान एवं प्रोत्साहन गर्नका लागि तत्काल एक लाख बढीको अक्षयकोष स्थापना गर्ने निणर्य गरेको हो ।
यस्तै संघको नियमित बैठकले थप सात जना नयाँ साधारण सदस्यको नाम अनुमोदन गरेको छ । बैठकले संघमा केहि दिन अघि साधारण सदस्यता लिएर आवद्ध हुने थप सात जना नयाँ साधारण सदस्यको नाम आधिकारिक रुपमा अनुमोदन गरेको हो ।
संघले आगामी दिनमा सदस्यता वृद्धि गर्दै पनि लैजाने निणर्य गरेको संघका सचिव वसन्त कुमार पौडेलले जानकारी दिनुभयो । संघले पूर्वमा राप्ती उपत्यकादेखि पश्चिममा बबई गाउँपालिकाका सम्ममा सदस्यता वृद्धि गरी संघका गतिविधि बढाउने निणर्य पनि गरेको सचिव पौडेलले बताउनुभयो ।
यस्तै संघले आगामी दिनमा नागरिकसंग जोडिएका विषयसंग सम्बन्धित विषयमा सरोकारवाला निकायसंग बहस गर्ने र समस्या निराकरणमा भूमिकालाई बढाउने निणर्य पनि गरेको छ । संघका अध्यक्ष जीतसागर जी.एमको अध्यक्षतामा बैठक बसेको हो ।
त्यस अवसरमा संघका दाङ शाखाका संस्थापक अध्यक्ष सुनिलकुमार पोखरेल, प्रदेश सदस्य शरद शर्मा, प्रदेश पार्षद मिलन भण्डारी लगायतले संघले जनजिविका सवालाई उठाएर सरोकारवाल निकायसम्म पुर्‍याएर समाधान खोज्नुपर्ने बताउनुभयो । कार्यक्रममो सहजीकरण सचिव बसन्त कुमार पौडेलले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *