Fri. Oct 4th, 2024

तुलसीपुर, २२ साउन । तुलसीपुर ५ पिपलबोट बसपार्क क्षेत्रका घरधनीहरुले आफुहरु पटकपटक पिडित बनेको बताएका छन् । उनीहरुले शुक्रवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी आफुहरुको उचित व्यवस्थापन र क्षतिपुर्तिको माग गरेका छन् । तुलसीपुर सुर्खेत सडक खण्ड अन्र्तगत पर्ने बसपार्क क्षेत्र सडक छेउका व्यापारी तथा घरधनीहरुले विगतमा घोराही तुलसीपुर हुदै सुर्खेत रोड फराकिलो बनाउने नाममा लाखौको पक्कीघर भत्काईएको र अहिले व्यापारिक ढेब्ली समेत भत्काइएको भन्दै पटकपटक आफुहरु पिडित बनेको उनीहरुले बताएका छन् ।

पिडित धन बहादुर बुढाक्षेत्रीले २०७६ सालमा घोराही तुलसीपुर हुदै सुर्खेत सडक बनाउने नाममा पक्की संरचना भत्काईएको बताउनुभयो । त्यतिबेला स्थानिय सरकार तुलसीपुर उपमहानगरपालिका कार्यालय संग भएको सहमती अहिले सम्म पनि कार्यन्वयन हुन नसकेको बताउनुभयो ।उतिबेला घर भत्काउदा पनि तपाईहरुको उचित व्यवस्थापन गछौ भनिएको थियो उहाले भन्नुभयो तर २६ महिना भयो हाम्रो माग कुनै सहमती भएन, नत सडक राम्रो बनेको छ,उल्टै अन्य व्यापारीले फाटफुट व्यापार गर्ने थलो बनेको छ ।

अहिले व्यापार गर्ने ठाउँ नभएपछि तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष र सदस्यहरु संगको सल्लाह गरी बसर्पाक उत्तर तर्फ राखीएका ढेब्ली तोडफोड गरिएको उहाले बताउनुभयो । एउटा ढेब्लीको खर्च डेढ लाख रुपैयामा बनेको उहाले बताउनुभयो । त्यस ठाउँमा आफु र स्थानिय कुल बहादुर शाहु, तेज बहादुर विक लगाएत पाँच जनाको पाँच वटा ढेब्लीमा पुर्ण रुपमा क्षति भएको उहाले बताउनुभयो । यस्तै अर्का पिडित तेज बहादुर विकले आफुहरु भ्रममा पर्दा ढेब्ली सुरक्षित स्थानमा सार्न नसकीएको बताउनुभयो ।

सडक भन्दा धेरै टाढा र पहिलेका हामी पिडित भएकाले त्यति टाढाको हटाउदैन होला भनेर भ्रममा पर्दा क्षति व्यहोर्नु परेको उहाको भनाई छ । यसमा तुलसीपुर उपमहानगरपालिकाले पनि प्रभावकारी सुचना प्रवाह गर्नुपर्ने हो उहाले भन्नुभयो,हामीलाई थाहै नदिएर एक्कासी भत्काईयो ।यसको क्षतिपुर्ति तुलसीपुर उपमहानगरपालिकाले दिनुपर्ने पिडित पक्षको माग छ । आफुहरु विकास विरोधी नभएको भन्दै उनीहरुले तर अहिले सम्म सडक नबनेको र बरु आफुहरुको व्यापार व्यवसाय ठप्प भएको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आफुहरुको उचित व्यवस्थापन गर्नुपर्ने, सकभर ढेब्ली राखेकै ठाउँमा व्यापार व्यवसायी गर्ने बातावरण बनाईदिनुपर्ने, सडक छिटो बनाउनुपर्ने लगाएतका माग उनीहरुले राखेका छन् ।

साथै उनीहरुले जनप्रतिनिधिहरुले अव्यस्थित रुपमा ढेब्ली राख्ने करोडपति हुन् भन्ने प्रचार गरेको प्रति आपत्ती जनाएका छन् । आफुहरुको घर भत्काउदा व्यापार व्यवसाय गर्ने समस्या भएकाले बसपार्क देखी उत्तर तर्फ व्यापार गर्नलाई ढेब्ली आफुहरुले राखेको उनीहरुले बताएका छन् । ढेब्ली राख्ने बाहिरको कोहि नभएको भन्दै आफुहरुले राखेको तर जनप्रतिनिधिहरुले गलत प्रचार गरेको उनीहरुको भनाई छ ।उपमहानगरपालिकाले गएको मंगलवार बसर्पाक क्षेत्रमा अव्यवस्थित रुपमा राखीएको भन्दै घुम्तिढेब्ली, ठेला गाडा डोजर लगाएर हटाएको थियो । पत्रकार सम्मेलनको सहजीकरण दिपक वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *