Tue. Jul 23rd, 2024

तुल्सिपुर,१५ भदौ मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ।

आइतबार साँझ बालुवाटारमा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान सारेको हो।

‘विद्यमान कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर लामो दूरीका सवारीसाधन र आन्तरिक उडान गर्न तत्काल सम्भव देखिएन,’ एक मन्त्रीले भने।

यसअघिको निर्णयमा भदौ १५ देखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *