Sun. Feb 9th, 2025

१४औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हापुरेमा सुरु
१३ चैत्र २०७८, हिमा डाङी |
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १४औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता दाङको हापुरेमा सुरु भएको छ। बबई युवा तथा खेलकुद परिषदको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

बबई शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मोहनलाल दाहालको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता, उपाध्यक्ष शाबित्रा बिश्वकर्मा तथा प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको विशिस्ट आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।

बबई युवा तथा खेलकुद परिषद सदस्य सचिव नरेन्द्र लाल भारतीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र बबईका सचिवालय सदस्य पदम खड्का, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव पुर्ण बहादुर केसी नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य टंकराज विश्वकर्मा बबई गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नन्दलाल वली लगायतले बोलेका थिए ।

बबई गाउँपालिकाका भित्रका ९ वडाका माद्यामिक विद्यालयको सहभागितामा तीन दिन सम्म सन्चालन हुने रनिङसिल्डमा एथ्लेटिक्स, भलिवल, खोखो, कपर्डी लगाएतका खेल हुने बताईएको छ । कार्यक्रमको सञ्चालन अर्जुन परियारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *