Tue. Feb 27th, 2024

१५ वर्षिय बालिका बलात्कृत, एक जना पक्राउ

Bydipak oli

२०७८ माघ ४, मंगलवार ०४:४७ गते २०७८ माघ ४, मंगलवार ०४:४७ गते २०७८ माघ ४, मंगलवार ०४:४७ गते

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।
जाजरकोटको शिवालय गाउँपालिका ०७ वतन भई हाल गुलरिया नगरपालिका ०५ बस्ने ३० वर्षिय जनक बहादुर शाहीलाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए ।
उनले जनकारी गराउदै भने, ‘माघ १ गते माघीको साँझ १५ वर्षिया एक बालिकालाई विभिन्न किसिमका प्रलोभन तथा ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो ।’
उक्त सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनकै कोठाबाट पक्राउ गरेको अधिकारी शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *