Sun. Feb 9th, 2025

२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण
१४ चैत्र २०७८,सिता योगी पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा ३१९ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ भने कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्यामा दिनहुँ कमी आइरहेको छ भने हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *