९-भदौ काठमाडौं। नेपालमा विगत २४ घण्टामा ८५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन जना एवम् सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक जना रहेका छन्।
अहिले थपिएका सङ्क्रमितमध्ये २३२ जना काठमाण्डू उपत्यकाका छन्।
यो वृद्धिसँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १६४ र सङ्क्रमितको कुल सङ्ख्या ३३,५३३ पुगेको छ।