Tue. Feb 10th, 2026

आगामी फागुन २ गते दाङका एक शिक्षक काठमाडौं मा सम्मानित हुने भएका छन । सृजनशील आधारभूत विद्यालय तुलसीपुर १ छोटे प्रधानाध्यापक सन्तोष परियार सम्मानित हुनलागेका हुन ।अमेरिका दर्ता गैरनाफामूलक संस्था Nil Krishna Jashoda Sitaula Foundation Inc. ले आफ्नो चौथो संस्करणको “Award Distribution and Facilitation Event” अन्तर्गत विभिन्न ९ विधामा उत्कृष्ट योगदान दिएका व्यक्तित्व तथा संस्थालाई सम्मान गर्ने घोषणा गरेको छ। आगामी कार्यक्रममा परिवारसहित उपस्थित हुन सबै मनोनित व्यक्तित्वलाई फाउन्डेशनले हार्दिक निमन्त्रणा दिइसकेको छ ।

फाउन्डेशनका संस्थापक ईश्वर के. सिटौलाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चिकित्सा विज्ञानदेखि साहित्य, शिक्षा, पत्रकारिता, संगीत र सामाजिक सेवासम्मका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली व्यक्तित्वहरूलाई यसपटक सम्मान गरिँदैछ। सन् २०२२ (२०७९ साल) देखि निरन्तर रूपमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्दै आएको फाउन्डेशनले यो कार्यक्रमलाई चौथो संस्करणका रूपमा अघि बढाएको जनाएको ।छ । ।यसवर्ष मनोनित हुनेहरुमा
१.प्रा. डा. लोक विक्रम थापा (चिकित्सा विज्ञान, सिन्धुली),
२.प्रा. डा. टंकनाथ धमला (गणित विज्ञान,
३.जिबराम भण्डारी (अनुसन्धानमूलक पत्रकारिता, ओखलढुंगा),
४.रिन्चेन योञ्जन (गोपाल योञ्जन फाउन्डेशन, ५.भूषिता वशिष्ठ (साहित्य तथा संस्कृति, धरान–सुनसरी),
६.सन्तोष परियार (आधुनिक शिक्षण पद्धति,
७.देवी घर्ती (लोकगायन, बागलुङ),
८.तिलबहादुर कार्की (ज्वाइन्ट डिसेबल्ड युनिटी आवाज सेन्टर, पान्थर मूल)

८.खेमराज निरौला (महाकाव्य रचना, ताप्लेजुङ) रहेका छन्।

फाउन्डेशनले समाज रूपान्तरण र सकारात्मक योगदानलाई सम्मान गर्दै भविष्यमा अझ व्यापक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। मनोनित सबै व्यक्तित्वलाई बधाई दिँदै, आगामी समारोहलाई भव्य र प्रेरणादायी बनाउने तयारी तीव्र पारिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका समाचार