Sun. Feb 1st, 2026

दाङ, तुलसीपुर —
श्रीस्वस्थानी व्रतकथाको स्याङ्गिताको पावन अवसर पारेर दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ मा अवस्थित मानव सेवा आश्रममा आश्रित “जिउँदा भगवान” लाई भजन तथा प्रसादी ग्रहण गराइएको छ।
सल्यान जिल्ला ढोरचौर गाउँपालिका–२, चाख्लीघाट घर भई हाल अमेरिकालाई कर्मथलो बनाउँदै आउनुभएका श्री वीरेन्द्र कुमार बोहराको प्रतिनिधित्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम दाङ तुलसीपुर–६ मा बसोबास गर्दै आउनुभएका दंगाली दिदीबहिनी टिम माछामासु अचार परिवारका सुशीला चन्द, सुष्मा केसी, ताराचन्द्र मिशन बोहरा, डिला बुढामगर तथा सञ्चारकर्मी एवं समाजसेवी युवा मदन मुस्कानको आयोजनामा सम्पन्न भएको हो।
साथै, सञ्चारकर्मी रमेश जैसीको उपस्थितिमा २०८२ साल १० महिना १८ गते आज आइतबार मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भजन सुनाइँदै प्रसादी ग्रहण गराइएको थियो।
स्वस्थानी व्रतको अन्तिम दिन स्याङ्गिताको अवसरमा धार्मिक आस्था र सामाजिक सेवाको भावनाले प्रेरित भई कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममार्फत धार्मिक आस्था, मानव सेवा र सामाजिक उत्तरदायित्वलाई एकसाथ जोड्ने सन्देश प्रवाह भएको सहभागीहरूको भनाइ छ।
यस प्रकारका सामाजिक तथा धार्मिक कार्यले समाजमा सकारात्मक सोच, आपसी सहानुभूति र मानवताप्रतिको सम्मानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटेका समाचार