तुलसीपुर असाेज ६ दाङको तुलसीपुरमा विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकहरूलाई आज एक कार्यक्रम बिच सम्मान गरिएको छ। त्रिवेणी असहाय बृद्धबृद्धा कल्याण समाजले आयोजना गरेको यस कार्यक्रममा ८० वर्षभन्दा माथिका १५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।
पहलमान भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी, महालक्ष्मी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली भण्डारी, श्री सरस्वती चौतारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर केसी, थर्कोट कृषि सहकारी संस्थाका अध्यक्ष मेघराज पाण्डे,मुकुन्द काफले,मोहन पाण्डे लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
संस्थाका उपाध्यक्ष राम प्रसाद बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार विजय मल्लले गर्नुभएको थियो। करिब ५० वर्ष माथिका बुवाआमाहरू मिलेर स्थापना गरिएको यस संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै भावी पुस्तालाई समेत प्रेरणा दिने उद्देश्य राखेको छ।
कार्यक्रमका प्रमुख अतिथि घनश्याम ढकालले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै संस्थालाई वडा कार्यालयबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। विभिन्न संघसंस्थाका अतिथिहरूले पनि संस्थाको कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यसलाई सहयोग गर्ने आश्वासन दिनुभयो। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पुर्ण अतिथीहरुलाई धन्यवाद दिदै पहलमान भण्डारीले गर्नु कार्यक्रमको समापन गर्नु भएको थियो ।
