स्वतन्त्र डिजिटल पत्रकार सङ्घ दाङको नवनिर्वाचित टिमलाई स्वागत तथा सम्मान
दाङ — स्वतन्त्र डिजिटल पत्रकार सङ्घ दाङको नवनिर्वाचित कार्यसमितिलाई उज्यालो नेट एण्ड मल्टीपर्पज प्रा.लि.को आयोजनामा स्वागत तथा सम्मान गरिएको छ।
कार्यक्रम उज्यालो नेटवर्क एण्ड मल्टीपर्पज प्रा.लिका अध्यक्ष दीपक ओलीको अध्यक्षतामा कार्यक्रम भएको थियाे कार्यक्रममा लक्ष्मण ओली प्रमुख प्रमुख आतित्यमा कार्यक्रम भएको थियो त्यसैगरी विशिष्ट अतिथिका रूपमा विकास शेन रहनुभएको थियो।
सम्मानित हुनेहरूमा स्वतन्त्र डिजिटल पत्रकार सङ्घ दाङका अध्यक्ष शंकर भुसाल वरिष्ठ उपाध्यक्ष भीम ओली, उपाध्यक्ष अशोक शर्मा, सचिव देवराज कडेल, सह,सचिव किरण लामिछाने, कोषाध्यक्ष राम योगी तथा सल्लाहकार मेघराज केसी स्वागत तथा सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष शंकर भुसालले उज्यालो नेटवर्कसँग धन्यवाद समेत दिनुभएको थियो र सँगै सहकार्य गर्दै समाज निर्माणमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी उज्यालो नेटवर्क एण्ड मल्टीपर्पज प्रा.लिका अध्यक्ष दीपक ओलीले स्वतन्त्र डिजिटल पत्रकार सङ्घसँग एकजुट भई नेतृत्वदायी भूमिकाका साथ यस क्षेत्रमा काम गर्ने बताउनुभयो।
सम्मान कार्यक्रमका लागि स्वतन्त्र डिजिटल पत्रकार सङ्घले उज्यालो नेटवर्क परिवारप्रति धन्यवाद व्यक्त गरेको छ। कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता सन्दीप गौतमले गर्नुभएको थियो।
