diyaloonline
Dashain Subhakamana

बाँकेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख जरिवाना

बाँकेमा गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको एक पानी उद्योगलाई कारबाही गरिएको छ ।Advertisement


बैजनाथ गाउँपालिका–५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई गुणस्तरहीन पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएको भन्दै २ लाख जरिवाना गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।Advertisement


पानी उद्यागले गुणस्तरहिन पानी विक्रीवितरण गर्दैआएको सूचनाका आधारमा कार्यालयबाट खटि गएको अनुगमण टोलीले उद्योगका सञ्चालकलाई पानीको गुणस्तर सुधार गरी पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्