diyaloonline
Dashain Subhakamana

नेपालमा आज २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कार्तिक २।

नेपालमा आज २,९४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४,८७५ वटा नमुना परीक्षण गरिएको थियो।

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये १,६९८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको छ।विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।योसहित नेपालमा अहिलेसम्म ७३९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।सक्रिय सङ्क्रमितमध्ये ३०१ जना सघन उपचार कक्षमा र ६६ जना भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्