diyaloonline

आइपीएल उपाधीका लागि आज मुम्बई इन्डियन्स र सन्दिप आबद्ध टिम दिल्ली क्यापिटल्स भिड्दै

कार्तिक२५। इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज फाइनल खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।

रोहित शर्माको कप्तानीमा मुम्बई छैठौं पटक आइपीएलको फाइनलमा खेल्न गइरहेको छ। मुम्बईले हालसम्म ४ पटक आइपिएल उपाधि जितिसकेको छ। यता, श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली भने पहिलोपटक आइपीएल जित्ने प्रयासमा रहेको छ।डिफेन्डिङ च्याम्पियन मुम्बई र दिल्लीबीच आज दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्