diyaloonline

नेपालमा आज १,३८०जनामा कोरोनाभाइरस सङ्क्रमण

मङ्सिर १३।

नेपालमा आज १,३८०जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा कोभिड-१९ कारण १९जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।

योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुने सङ्क्रमितको कुल सङ्ख्या १४५४पुगेको छ।अहिलेसम्म देशभरि २,३०,७२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। नेपालमा पछिल्लो समय कोरोना टेस्ट गर्नेको संख्या घटेकोले संक्रमणदरमा पनि कमि आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्