diyaloonline

ग्लोबल आइएमई बैंकद्वारा पश्चिम दाङको हापुरेमा शाखा रहित बैंकिङ्ग सेवा बिस्तार

पुष११, हापुरे दाङ ।

ग्लोबल आइएमई बैंकले आज एक कार्यक्रमका बिच पश्चिम दाङको हापुरेमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन सम्पन्न गरेको छ । ग्लोबल आइएमई बैंक तुल्सिपुरका अप्रेसन इन्चार्ज सागर थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सभापतिमा राज बुढा रहनु भएको थियोे । यस्तै कार्यक्रमको विशिष्ट अतिथीमा बबई गाउँपालिकाका प्रमुख भुवनेस्वर पौडेल रहनु भएको थियोे भने प्रमुख अतिथिमा ग्लोबल आइएमई बैंक तुल्सिपुरका शाखा प्रमुख उमङ्ग अधिकारी रहनु भएको थियो ।

कार्यक्रमको उद्घघाटन विशिष्ट अतिथि भुवनेस्वर पौडेल र प्रमुख अतिथि उमङ्ग अधिकारिले पानसमा दियो बालेर संयुक्त रूपमा गर्नु भएको थियो ।पश्चिम दाङमा रहेका जनतालाइ सरल रूपमा बैंकिङ्ग सेवाको पहुँचसंग जोड्नका लागि सेवा बिस्तार गरिएको जानकारी कार्यक्रमका प्रमुख अतिथी उमङ्ग अधिकारीले दिनु भएको थियो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बैंकको शाखा रहित सेवा बिस्तारले समग्र पश्चिम् दाङ्कै आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्नमा सहयोग पुग्ने भनाइ राख्नुभएको थियोे । कार्यक्रमको सहजीकरण ग्लोबल आइएमई बैंक तुल्सिपुरका ऋण शाखा प्रमुख मनिष गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्