diyaloonline

जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा नया बजार प्रतिनिधि र कर्मचारीहरुलाई प्रशीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

फाल्गुन ३० तुल्सिपुर, दाङ । जनसेवा बहुउद्देश्यीय सहकारी संस्था लि दाङ्गले आज मिति ०७७-१२-३० गते आफ्ना नया बजार प्रतिनिधि र कर्मचारीहरुलाई प्रशीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। प्रशीक्षण कार्यक्रममा सस्थाका तुलसीपुरका प्रबन्धक अर्जुन भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै समग्र सस्थाको बारेमा जानकारी गराएका थिए , सस्थाका उपाध्यक्ष बुद्धीसागर सापकोटाले आगामी रणनीति, कोषाध्यक्ष गोपाल गिरीले सदस्यता बृद्धि गर्नका लागि आवश्यक बिभिन्न आवश्यक योजना, प्रशिक्षण तथा कर्मचारीको वृद्धि विकास गर्नका निम्ति समय सान्दर्भिक भनाई प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा आगामी योजना र लक्ष्यका बारेमा कर्मचारीलाई जानकारी बनाईएको थियो। कार्यक्रममा करिब १० बर्ष सस्थाको निती र नियममा रहि सफलता पुर्वक आफ्नो काम गर्दै यस सस्थाको विकासका निम्ति अहोरात्र खटिएका बजार प्रतिनिधि मनकला भट्टराई , राधीका सापकोटाले बजारमा गई कसरी सदस्यता बृद्धि गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणात्मक भनाइ प्रस्तुत गर्नुभएको थियो। सस्थाको बिकास र समग्र दाङ्ग जिल्लामा आगामी आर्थिक वर्ष २०७८-०८९ सम्ममा आफ्नो सदस्यता ५००० पुर्याउने महान उदेस्य बोकेर सदस्यत बृद्धि गर्न बहुउद्देश्यीय कामका निम्ति संस्थाले आगामी आर्थिक वर्ष २०७८-०८९ मा कृषि, पर्यटन, शीक्षा स्वास्थ्य क्षेत्रमा लगानी गर्दै अगाडी बड्न रणनीति बनाउदै आगामी बैशाख २ गतेदेखि एक साता घोराही, तुलसीपुर, र लमहीमा घरदैलो कार्यक्रम सन्चालन गर्ने भएको छ। घोराहीका ब्यबस्थापक बिमल अधिकारीले सस्थाको बारेमा थप जानकारी गराउदै कार्यक्रमको समापन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्