diyaloonline

सुबिसु ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर

नयाँ वर्ष -२०७८ को अवसरमा ग्राहकहरूका निम्ति सुबिसु केबलनेटले ‘इन्टरनेट मस्त जीवन स्वस्थ’ अफर सार्वजनिक गरेको छ । सुबिसुको नेपालगन्जस्थित कार्यालयका अनुसार, अफर अन्तर्गत ग्राहकहरुले १ लाखसम्मको निःशुल्क स्वास्थ बीमा प्राप्त गर्न सक्ने छन् ।

स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टीभी सेवाको नयाँ जडान तथा नवीकरणमा १ लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको छ । सेवा २० एमबीपीएस भन्दा माथिको ब्याण्ड वीथमा लागु हुने जनाएको छ । त्यसका लागि कम्पनीले स्वास्थ्य बीमाको लागि शिखर इन्स्योरेन्ससँग सहकार्य गरेको छ । ‘यस अफर अन्तर्गत ग्राहकहरुले नेपाल र भारतमा उपचारार्थ १ लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन्,’ सुविसुका अधिकारी भन्छन्, ‘आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म निर्मुल पार्ने विश्वास कम्पनीको छ ।’ सुविसुले बेलाबेलामा यसरी अफर ल्याउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्