diyaloonline

नेपालमा आज ६,१३५ जना कोरोना संक्रमण मुक्त

बैशाख ३१।

नेपालमा थप ८,५२० जनामा कोरोनाभाइरस सङ्क्रमण र २०३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट २१,४७८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शुक्रवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। बितेको २४ घन्टामा नेपालमा ६,१३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्