diyaloonline

सरितालाई उपचारका लागि पुनः सहयोग प्राप्त

जेष्ठ-३।

तुल्सिपुर-५ स्वर्गद्वारी टोल निबासी सरिता बिक आर्थिक अभावमा लामो समयदेखि बिरामी भएपनि उपचारबाट बन्चित रहनु परेको थियो । बिगत केहि समय यता भने विभिन्न संस्था र ब्यक्तिहरु सहयोग प्राप्त भए पछि उनलाई उपचारको आश पलाएको छ।
यसै क्रममा बिरामी भई थला परेकि सरिता बिकलाई आज फेरि सहयोग प्राप्त भएको जानकारि उनको सहयोग जुटाउन लाग्नु भएका समाजसेवी दिपक वलिले दिएका छन् । सहयोग गर्नेहरुमा टिकाराम पुनले रु १०००, बामि बिकले रु १५००, बिनिता बिकले १५००, धन बहादुर बिटालुले रु ५००, बिसालनगर टाेल बाट रु१००० र स्वर्गद्वारि टाेल बाट रु१७५० गरि जम्मा सात हजार दुई सय पचास सहयोग गरिएको हो। हाल सरिताको उपचार पाल्पालि मेडिकल तुल्सिपुरमा हुदैछ । सहयोगका लागि 9810880514 \9863152123 मा सम्पर्क गरि सहयोग गर्न बिकले अनुरोध गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस्