• २०७८ असोज २ गते शनिवार

समाजसेवी सुन्दर राेकाले स्वास्थ्य चाैकी निर्माणका लागि सात कट्ठा जग्गा

Author Logo..
२०७८ साउन ११ गते सोमवार

दान इश्वर वि.सी./ ११ तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार खाद्रे निवासी समाजसेवी सुन्दर राेकाले हलवार स्वास्थ्य चाैकी निर्माणका लागि सात कट्ठा जग्गा दान गर्नुभएको छ । स्वास्थ्य चौकी भवन निर्माणका लागी स्थानिय जग्गादाता सुन्दर रोकाले स्वर्गिय वुवा डिल बहादुर रोकाको सम्झनामा सात कठ्ठा जग्गा दान गर्नुभएको हो । भवन निर्माणका लागि जग्गा अभाव भैरहेको बेला दानदाताले जग्गा दान दिएर उदाहरणीय काम गरेकोमा ४ न वडा अध्यक्ष बालकृष्ण राणाले धन्यवाद सहित अाभार व्यक्त गर्नुभछ । सुन्दर राेका र बुढाले यस अघि दियालो अनलाइन डट कम द्वारा सञ्चालित फुड बैंकमा खाद्यान्न सामाग्रीहरू सहयोग गर्नुभएको थियोे । यति माहान काम गर्ने दानदाता प्रति दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार