• २०७८ मङ्सिर १५ गते बुधवार

विजय वि क द्वारा खेलकुद सामाग्री र पाेशाक हस्तान्तरण

Author Logo..
२०७८ साउन २२ गते शुक्रवार

No description available.

 टंक मल्ल,२२ श्रावण तुलसीपुर उपमहानगरपालिका वडा नं ३ गहतेका युवाहरूलाई खेलकुदका सामाग्री र खेलाडीले लगाउने पाेशाक हस्तान्तरण गरिएको छ । वडा कार्यालयकाे अार्थिक सहयोगमा ति सामाग्रीहरू वितरण गरिएको हाे । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष विजय वि क काे उपस्थितिमा खेलकुदका सामाग्रीहरू र खेलाडीलाई अावश्यक पर्ने खेलकुद पाेशाक हस्तान्तरण गरिएको छ । यस अघि त्रिवेणी सामुदायिक बनले सहयोग गरेको थियोे र अहिले वडा अध्यक्षले यति धेरै सामाग्री सहयोग गरेर हामी खेल प्रेमी युवाहरूलाई हाैसला मिलेको छ युवाहरू माेहन चन्द ,शालिकराम सि ठकुरी, मनाेज नगाल,डिल्ली के सी शेर ब के सी लगाएतका युवाहरूले खुसी हुदै वडा अध्यक्ष विजय वि क र सम्पूर्ण वडा समिति प्रति अाभार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा समाजसेवी शिव कमार के सी,देवेन्द्र के सी, मिनराज के सी,लालमणी खरेल,विजय मल्ल,लक्ष्मी डाँगी लगाएको सहभागीता रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार