अनलाईन नेटवर्कीङमा संलग्न रहि ठगी गर्ने ३ जना दाङबाट पक्राउ

Author Logo..
२०७८ माघ २० गते बिहिवार

माघ २० दाङ – अनलाईन नेटवर्कीङ मार्फत हुुदै आएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहि प्रलोभन पार्दै ठगी गरेको अभियोगमा तिनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका इरिबाङ घर भई हाल घाेराही बस्ने कमल थापा, रुन्टीगढी गाउँपालिका हाेलेरी घर भई हाल घोराही बुद्धि ग्यारेज नजिकै तोला होटेल संचालन गरि बस्ने दिपक बोहोरा र घोराही रतनपुरका सन्तोष श्रेष्ठ रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनिहरुबाट ठगिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टाेलिले पक्राउ गरेकाे हाे। उनिहरुले सुरुमा १५ देखि २० हजार सम्म बैंक खातामा जम्मा गर्न लगाउने त्यसपछि ४ देखि ६ महिना भित्रमा उक्त रकमकाे दाेब्बर दिने भन्दै अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार