व्यवसायी निधनको शोकमा तुलसीपुर बजार बन्द

Author Logo..
२०७८ माघ २८ गते शुक्रवार

तुलसीपुर, २८ माघ ,तुलसीपुर बजार आज एक दिनका लागि बन्द गरिने भएको छ । तुलसीपुर-५ ङ लाइनमा जुत्ता चप्पल उद्योगमा गएराती आगलागीमा परेर पाँचको निधन भएको शोकमा एक दिन बजार बन्द गरिने भएको हो ।

व्यवसायी र उनिहरुको परिवारको निधनको शोकमा आज एक दिनका लागि बजार बन्द गरिने तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले जानकारी दिनुभयो । संघको आकस्मीक बसेको बैठकले व्यवसायी निधनको शोकमा तुलसीपुर बजार बन्द गर्ने निणर्य गरेको उहाँले बताउनुभयो ।

‘ङ’ लाईन स्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा गएराती पौने २ बजेदेखि लागेको आगोमा परेर पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चार जना पुरुष र एक बालिका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार