कालिमाटीमा मत गणनामा धाधली ५३ मतलाई ३ मत बनाइयो,गणणा जारी

Author Logo..
२०७९ जेष्ठ ३ गते मङ्गलवार

कालिमाटीमा मत गणनामा धाधली ५३ मतलाई ३ मत बनाइयो,गणणा जारी
जेठ ३,सल्यान कालिमाटी
कमल कडेल,
सल्यान जिल्ला कालिमाटी गाउँपालिकाको स्थानीय चुनावमा मतगणणा गर्दा समस्या देखियको छ।पालिका अन्तर्गत व.डा न २ को मतगणनाको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको उमेदवारलाई आयको ५३ मत लाई निर्वाचन आयोगमा इन्ट्री र घोषणा गर्दा ३ मत भनी घोषण गरे संगै विवाद सुरु भएको थियो। विवादित बिषयलाई जिल्ला निर्वाचन कार्यलयमा उजुरी गर्दा उजुरिउपर कुनै कार्वाही नहुदा मतगणना पुन सुरु भएको छ। गठबन्धन र राप्रपाका उम्मेद्बारहरुले गणणा पक्षपातपुर्ण र अपारदर्शी भयकोले मतगणना रोकि सुरु देखि गर्नुपर्ने र यदि त्यसो नगरेमा मतगणना कार्यमा साक्षी नबस्ने घोषणा प्रेस विज्ञप्ती मार्फत जानकारी गरायका छन।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार