कृष्ण-लीला’’ को ‘ए मेरो हजुर’ गीत टिकटकमा हिट,

Author Logo..
२०७९ साउन १२ गते बिहिवार

रमेश बहादुर बुढा कालिकाेट श्रावण १२ आगामी भदौ ३ गतेदेखि प्रदर्शनमा आउने कृष्णलिला फिल्मको ‘अटल वाचा ’ बोलको गीतले यतिबेला युट्युब र टिकटकमा राम्रो चर्चा पाएको छ । युट्युबमा यस गीतलाई १७ लाखभन्दा धेरैले हेरिसकेका छन् । त्यस्तै ४ लाखजनाभन्दा धेरैले यस गीतमा टिकटक बनाइसकेको निर्माण पक्षले जनाएको छ ।

डा. डिआर उपाध्यायले लेखेको यस गीतमा रवि ओड र सुनिता कार्कीले स्वर भरेका छन् । त्यस्तै माइकल चन्दले नृत्य निर्देशन गरेका छन् । फिल्मका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको केमेस्ट्री गीतमा निकै उत्कृष्ट देखिएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको कृष्ण लिला मनोवैज्ञानिक प्रेमकथामा आधारित छ । फिल्ममा अभिनेता पुष्पले अटिजम पिडित युवाको चरित्र निर्वाह गरेका छन् । ती युवाले अति महत्वाकांक्षी युवती (अभिनेत्री श्रद्धा क्षेत्री) लाई गर्ने प्रेम र यसक्रममा देखिने अफ्टेरो नै फिल्मको मुख्य विषय हो । फिल्ममा आफ्नो रोललाई न्याय गर्ने प्रयासका लागि सुटिङपूर्व पुष्पले अटिजमबाटै ग्रस्त एक बालकसँग १५ दिन बिताएका थिए । उनले यस रोलमा फिट हुनका लागि ५० दिनसम्म प्रशिक्षण समेत गरे ।

अभिनेता पुष्पले यसअघि ‘मंगलम्’ फिल्ममा न्युरोलोजिकल डिसअर्डर भएका युवाको भूमिका निभाएका थिए । त्यसमा पनि उनले राम्रै मेहिनत गरेको देखिन्थ्योें । नतिजा ः यस भूमिकाका लागि उनलाई राष्ट्रिय अवार्ड नै मिल्यो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार