Fri. Apr 17th, 2026

कमल कडेल श्रावण २१, सल्यान कालिमाटी  । रमणीय अनि सुन्दर क्षेत्र कालिमाटी गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गको सल्यान जिल्लामा पर्दछ | ५००. ७२ वर्ग कि.मी. क्षेत्रफल रहेको यस गाउँपालिका उत्तरमा बनगाड कुपिण्डे नगरपालिका ,शारदा नगरपालिका र सुर्खेत जिल्ला पश्चिमतिर बर्दिया जिल्ला ,पूर्वमा त्रिबेणी गाउँपालिका र दाङ जिल्ला दक्षिमा बाँके जिल्ला रहेको छ | तुलसीपुर दाङ देखि करिब 45 कि.मि दुरिमा रहेको यस गाउँपालिका भौगोलिक रुपमा सुन्दर र रमणीय क्षेत्र भयपनी बिकासको क्षेत्रमा निकै पछाडि परेको देखिन्छ ।यस गाउँपालिकाका जनताहरु सञ्चार,बिधुत,स्वास्थ,शिक्षा जस्ता आधारभूत सेवाहरुबाट अझै पनि बन्चित हुनु परेको छ। कतिबेला टावर आउला र फोन गरुला भनेर घन्टौ सम्म डाडो मा गयर कुर्नु पर्ने अबस्था छ। आधुनिक इमेल ईन्टरनेट को जमाना भयपनी यस गाउँपालिकामा रेडियो,टेलिभिजन,ईन्टरनेट जस्ता कुनै पनि सञ्चार का माध्यम नहुदा भ्रष्टाचार बढिरहेको र बिकासका कुराले गति लिन नसकेको यहाँका जानकार हरु बताउदछन ।सिमित बिषयमा मात्र माध्यमिक शिक्षा(+2) रहेको र उच्च शिक्षा , प्राबिधिक शिक्षा अध्यन गर्न बाहिरी जिल्ला दाङ,सुर्खेत,नेपालगन्ज र सदरमुकाम पुग्नु पर्ने बाध्यता रहेकाले आर्थिक अबस्था कमजोर भयका बिद्यार्थी हरु अध्यन स्थगित गरि बिदेशीनु पर्ने बाध्यता रहेको छ।गाउँपालिकामा सामान्य चोटपटक लाग्दा पनि एक्सरे गर्न समेत सुबिधा नहुदा सामान्य उपचारको लागि बाहिरी जिल्ला पुग्नु पर्ने बाध्यता रहेको त्यहाका स्थानीय बासिन्दाहरु बताउँछन्।स्थानीय सरकार आयपछि बिकासका कामले गति ल्याउला भनेर आश मानेका स्थानीय बासि कार्यकाल पूरा हुनलाग्दा समेत कुनै पनि सुबिधा नहुदा निराशभै बस्नु बाहेक अरु विकल्प नरहेको बताउछन।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *