
विद्यालयको वार्षिक कार्ययोजना अन्तर्गत एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
तुलसीपुर – ३०, राजेश वलि सामाचार दाता) विद्यालयको वार्षिक कार्ययोजना अन्तर्गत एक दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सप्तरङ्गी इङ्ग्लिश मिडियम स्कुल ( सक्सेस एकाडेमि ) मा सम्पन्न भएको छ। विद्यालयले सामुदायिक स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको उक्त शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायका सदस्यहरूले निःशुल्क स्वास्थ्य परिक्षण सेवा प्राप्त गरेका छन्।
कार्यक्रममा बिधालयले आयोजना गरेको आँखा , दन्त तथा नाक कान घाटीको चेकजाँच शिबिरलाइ प्राबिधिक सहयोग बन्जाडे आँखा किल्निक , बि आर डेन्टल हस्पिटल र सिटी हस्पिटलको टोलीले परीक्षण तथा आवश्यक परामर्श सेवाहरू प्रदान गर्नु भएको थियो।
विद्यालयका प्रधानाध्यापक प्रदिप वली ले यो कार्यक्रम विद्यार्थीहरूको स्वास्थ्य प्रतिको जागरूकता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ । यसै क्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित जङ्ग शाहले स्वास्थ्य जिवनको आधार हो बेलैमा चेकजाँच गर्नुपर्छ भन्दै उक्त स्वास्थ्य सिविरमा सहयोग गर्ने सम्पुर्ण प्राबिधिक टिम प्रती आभार प्रकट गर्नु भएको थियो ।
यस स्वास्थ्य शिविरमा ७०० भन्दा बढी व्यक्तिहरूले सेवा लिएका थिए। स्थानीय समुदायले विद्यालयद्वारा आयोजित यो कार्यको उच्च मूल्यांकन गर्दै निरन्तर यस्ता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ तथा स्थानीय सामाजिक संस्थाहरूको सहकार्यमा सम्पन्न उक्त कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ।
