Wed. May 6th, 2026

विशाल परियार
फागुन, २ दाङ
ग्लोबल एकेडेमी: कला, संस्कार र संस्कृतिको संरक्षणमा अग्रणी
दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ७ पर्सामा अवस्थित ग्लोबल एकेडेमीले ‘सार्थक शिक्षा, सार्थक जीवन’ भन्ने मूल नाराका साथ शैक्षिक यात्रा प्रारम्भ गरेको छ। विद्यालयले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ। यस क्रममा संगीत, नृत्य र तेक्वान्दो जस्ता अतिरिक्त क्रियाकलापका कक्षाहरू सञ्चालनमा छन्।
पूर्ण मोंटेश्वरी पद्धतिमा आधारित यो विद्यालयले वर्तमान शिक्षालाई कला, संस्कार र संस्कृतिको संरक्षणसँग जोड्ने उद्देश्य राखेको छ। हरेक महिनाको १ गते विद्यार्थी, शिक्षक र कर्मचारीहरू आ-आफ्नो जातीय पहिचान झल्काउने सांस्कृतिक पोशाकमा विद्यालयमा उपस्थित हुने परम्परा रहेको छ। यसले विद्यार्थीहरूमा आफ्नो संस्कृति र परम्पराप्रति गर्व र सम्मानको भावना विकास गर्न मद्दत पुर्‍याएको छ।
विद्यालयका सहायक प्रधानाध्यापक श्री कृष्ण सुवेदीका अनुसार, यस्तो अभ्यासले विद्यार्थीहरूलाई आफ्नो मौलिकता र पहिचानप्रति सचेत बनाउँदै, विविध संस्कृतिको सम्मान गर्न प्रेरित गरेको छ। ग्लोबल एकेडेमीले शैक्षिक गुणस्तरमा मात्र नभई, विद्यार्थीहरूको सर्वांगीण विकासमा पनि विशेष ध्यान दिँदै आएको छ। यस प्रकारका पहलहरूले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप र सांस्कृतिक चेतनाको विकासमा सहयोग पुर्‍याउँछन्, जसले उनीहरूको जीवनलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *