
तुलसीपुर–२ मा आरन मेसिन वितरण, कारीगरहरू उत्साहित
दाङ, – जेठ
तुलसीपुर उपमहानगरपालिका वडा नं. २ को कार्यालयले स्थानीय कारीगरलाई स्वरोजगार र सिपमा आधारित आयआर्जनमा प्रोत्साहित गर्ने उद्देश्यले ४ थान आरन इलेक्ट्रिक मेसिन (motorized electric blower 25 number) वितरण गरेको छ।
शुक्रबार आयोजित एक कार्यक्रममार्फत चारजना स्थानीयलाई फलामको औजार बनाउन प्रयोग हुने आरन मेसिन प्रदान गरिएको हो। वडा अध्यक्ष भिम बहादुर योगिको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य मोहन डागी, महिला सदस्य हुमा घर्ती र माया सुनार वडा कर्मचारि लगायत वडा न २ का लाभग्राही हरुको उपस्थिति रहेको थियो।
आरन मेसिन पाउने चार जना लाभग्राहीहरूमा भिम बहादुर बिक , सरिता बिक ,चित्र बहादुर बिक र सालिक राम सुनार रहेका छन्। उनीहरूलाई कसरी चलाउने तालिमसहित आरन मेसिन वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष योगिले भने, “हामीले प्राविधिक सीप भएका तर साधन नभएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर यो योजना सञ्चालन गरेका हौँ। आरन मेसिनको प्रयोगले प्रत्यक्ष कृषक र औजार बनाउने व्यवसायीलाई आधुनिक औजार उत्पादनमा सहजता र स्वरोजगारको अवसर सिर्जना गर्ने बतायका छन ।
वडाका सदस्य मोहन डागीले स्थानिय सीपको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा महिला सदस्य हुमा घर्ती र माया सुनारले महिलाहरूलाई समेत सिपमूलक कार्यक्रममा समावेश गराउदै आएको र आगामी दिनमा गराउँदै लैजाने प्रतिवद्धता जनाए।
लाभग्राही का अनुसार “पहिले हामी हातले फलाम तताएर औजार बनाउँथ्यौं, तर यो अहिले वडाको बाट प्राप्त मेसिनले काम गर्न सजिलो र छिटो हुने देखियको” आरन व्यवसायी सालिकराम सुनारले बताएका छन ।
आरन मेसिन प्राप्त गरेका लाभग्राहीहरूलाई फलामका गँडासा, खुँडो, हँसिया, खुकुरी बन्चरो जस्ता औजार बनाउने अवसर प्राप्त भएको छ। यसले स्थानीयस्तरमै औजार उत्पादनको सम्भावना बढाएको वडा कार्यालयको विश्वास छ।
वडा सदस्य मोहन डागीको मन्तव्य बाट शुरूवात भएको कार्यक्रमको सहजिकरण सचिव मोहन पौडेलले गरेका थिय ।
