Top Restaurant & juce bar को पहिलो वार्षिकोत्सवमा मानव सेवा आश्रममा खाजा वितरण
तुलसीपुर उपमहानगरपालिका–५ पिपल बोटस्थित Top Restaurant & juce bar स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा विशेष सामाजिक कार्यक्रमको आयोजना गरिएको छ।
रेस्टुरेन्टका सञ्चालक युवा व्यवसायी तथा समाजसेवी शंकर बिष्ट र सीता बिष्ट दम्पतीले आफ्नो व्यवसायको पहिलो वार्षिकोत्सवलाई मानव सेवा आश्रम, तुलसीपुर–६ मा रहेका आश्रितहरूलाई खाजा–नास्ता वितरण गरी मनाएका छन्।
उक्त अवसरमा उज्यालो नेटवर्क र प्रपोज प्रालीका सञ्चालक दीपक ओली, स्वतन्त्र युवा क्लबका अध्यक्ष सन्दिप गौतम, गायक तथा मोडल रमेश शर्मा, समाजसेवी नवराज ओली र भीम ओली (एसबी) लगायतको उपस्थिति रहेको थियो।
वार्षिकोत्सवलाई सामाजिक सेवामा रूपान्तरण गर्दै उदाहरणीय कार्य गरेको भन्दै उपस्थितहरूले बिष्ट दम्पतीलाई धन्यवाद दिएका छन्।