Fri. Oct 4th, 2024

हेमन्त प्रकाश वली जेष्ठ-३०,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) जिल्ला समिती दाङले विभिन्न मागहरु राख्दै ज्ञापन पत्र पेश गरेको छ। जिल्ला शिक्षा सम्वनय इकाइ र दाङका १० स्थानीय पालिका मातहतमा रहेको शिक्षा युवा तथा खेलकुद बिभागका प्रमुखहरुलाइ बिबिध मागहरु राख्दै ज्ञापनपत्र बुझाइएको अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले बताए। ज्ञापनपत्रमा कोभिड -१९ को खोप विद्यार्थी र शिक्षकलाई पहिलो प्राथमिकतामा राखी भौतिक रुपमा पठनपाठन सुरु गर्नु पर्ने,कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउने शिक्षक विद्यार्थीहरुका घरपरिवारलाई राहतको ब्यबस्था र संक्रमण भएका शिक्षक विद्यार्थीको निशुल्क उपचार गर्नु पर्ने,वन्दावन्दीलाई मध्यनजर गर्दै शैक्षिक सत्रको सुरुमै विद्यार्थीले पाठ्यपुस्तक पाउने ब्यबस्थाको पुर्ण ग्यारेन्टी गर्नु पर्ने,मनोमानी ढङ्गले अनावश्यक शिर्षकमा संस्थागत तथा सामुदायिक बिधालयहरुले अभिभावक विद्यार्थीको ढाड सेक्ने गरि लिएको शुल्क नियन्त्रण गरि फिर्ता गर्नु पर्ने,शिक्षक कर्मचारीलाई पारिश्रमिक नदिने विद्यालयको छानबिन गरि कारबाही गर्नु पर्ने,अनुमती नलिइ संचालित र न्युनतम मापदण्ड नपुगेका निजि शैक्षिक सस्थालाइ कारबाहीको दायरामा ल्याउनु पर्ने,सरकारी कर्मचारी,शिक्षक तथा वहालवाला वा पुर्व संसद मन्त्री,जनप्रतिनिधि र अन्य सरकारी कर्मचारीका छोराछोरीलाई अनिवार्य सरकारी सामुदायिक विद्यालयमा पढ्नु पर्ने बाध्यात्मक ब्यबस्था गरि यहि शैक्षिक सत्र बाट लागू गर्नु पर्ने,राज्यद्वारा घोषणा भएको बैकल्पिक शिक्षण पद्धति(अनलाइन सिकाइ कक्षा)मा भएका बिकृतीको नियन्त्रण गरि विद्यार्थीको पहुँचमा पुर्याउन प्राबिधिक सामाग्रीको उचित र निशुल्क ब्यबस्था गर्नु पर्ने लगाएतका १८ बुदे मागहरु राख्दै ज्ञापनपत्र पेश गरिएको अखिल(क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *