Fri. Oct 4th, 2024

१६भदौ । बुटवलस्थित इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो हप्ता १३ थुनुवामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरीको पीसीआर परीक्षण भएको थियो ।

स्वाब संकलन गरेर पठाइएकामध्ये सोमबार अबेरगरी १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्कबहादुर खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *