गायक मोडल तथा विभिन्न जनचेतनामूलक चलचित्र का अभियान्ता टेकेन्द्र बोहोरा ले सास्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० मार्फत लोक भजन गित र डकुमेन्ट्री फिल्म मार्फत गित र अभिनय बिधा बाट अवार्ड जित्न सफल भएका छन ।
बागलुङ जिल्ला बरेङ गाउँपालिका ४ सल्यान मा जन्मिएका टेकेन्द्र बोहोरा ले झण्डै डेढ दशक जती साङ्गितिक र अभिनय क्षेत्रमा संघर्ष गरेका बोहोरा ले करिब २ दर्जन गित मा आफ्नो स्वर, शब्द मात्रै नभएर विभिन्न सन्देसमुलक चलचित्र हरु मा अभिनय पनि गरेक छन यस्ता ब्यक्ती लाई भनिन्छ बहुप्रतिभा शाली बोहोरा साङ्गितिक र अभिनय क्षेत्रमा अत्यन्तै सक्रिय रहेका छन। आफ्नो डेढ दशक संघर्ष पछि मात्रै आज यो मेरो जीवन को उपाधी अवार्ड बिजेता हुन पाउँदा अत्यन्तै हर्षित छु मेरो कला र क्षमता लाई कदर गरेर यो पुरस्कार को योग्य ठनिदिएकोमा आयोजक उपमा सञ्चार प्रा.लि प्रती आभारी छु साथै आयोजक सस्थाका अध्यक्ष आशा गौतम लाई यो बिशेश कार्यक्रम मार्फत मलाइ पनि यो स्थान दिएको मा धन्यवाद दिए पौष ८ गते काठमाण्डौ को चाह्बिल स्थित चलचित्र बिकास बोर्ड को सभा हलमा (Cultural National Music Award 2080) फाइनल घोषणा कार्यक्रम राखिएको थियो ।
बोहोरा बहुचर्चित नाम कमाउन नसकेपनी साङ्गितिक क्षेत्रमा संघर्ष ले निखारिएका एक प्रतिभावान कलाकार हुन । भन्छन्
पब्लिक सामु अलिकती भएपनी चर्चा कमाउन सकेको छु मलाइ टेकेन्द्र बोहोरा भन्दा पनि कुलबिरे भनेर चिन्ने गर्छ्न गित संगीत र अभिनय यो कलाकारिता क्षेत्र लाई बिट मार्न भने पटक्कै सक्दिन । आशा छ एक न एक दिन कसो सफल नहुला र जस्तो लाग्छ । जीवन रहे सम्म गित संगीत अभिनय र सामाजिक क्षेत्रमा अझै निखारिएर लाग्ने बताए ।
उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको सास्कृतिक राष्ट्रिय म्युजिक अवार्ड २०८० का प्रमुख अतिथी राष्ट्रिय सभा-अध्यक्ष सम्माननिय गणेश तिमल्सिना ज्यु ले कलाकार हरु देश का महत्वपूर्ण अंग भएको र यिनलाइ राज्यले संरक्षण गर्नु पर्ने बताए। यस्ता अवार्ड र सास्कृतिक सम्मान कार्यक्रम हरु गरेर कलाकार हरु लाई अवार्ड तथा सम्मान बितरण गर्नाले अग्रज लाई सम्मान नव लाई प्रोत्साहन, हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न आवाश्यक्ता बताउदै कार्यक्रम आयोजक सस्था र सस्थाका अध्यक्ष आशा गौतम ज्यु लाई धन्यवाद दिएका थिए।
कार्यक्रम लाई प्रभावकारी बनाउन का लागि बिशिस्ट अतिथी को रुपमा शशस्त्र प्रहरी बल का ए.आइ.जि चन्द्र प्रकाश गौतम ज्यु को उपस्थिति र बहुचर्चित गायक इन्द्र जि.सि ले जुरि निर्णायक को भुमिका निभाउनु भएको थियो अतिथी कलाकार का रुपमा उपस्थित भएका मौलिक गित का बाद्शाहा खड्ग प्रसाद गर्बुजा दशक सम्मानित हुँदा आश्चर्य जनक र अप्रत्यासी रुपमा सम्मान पाउँदा खुशी का आँसु आए कार्यक्रम आयोजना गर्ने सस्था र सस्था का अध्यक्ष बहिनी आशा गौतम लाई बधाई दिदै एक्लो छोरी मान्छे भएर यति ठूलो कार्यक्रम गर्न सफल हुनु भएको मा बधाई छ हाम्रो धौलागिरी मा पनि यस्तो चेली जन्मिएको मा सल्युट गर्छु मेरो धौलागिरी लाई बताए।
अतिथी कलाकार का रुपमा बहुचर्चित गायक सर्जक तथा विभिन्न संघसस्था का प्रतिनिधि हरु को बाक्लो उपस्थिति थियो दशक कलाकार मा खड्ग प्रसाद गर्बुजा, राजु परियार, कस्तुप पन्त, बिष्णु खत्री, बि.बि अनुरागी, राजु ढकाल, खुमन अधिकारी, हुम बाहादुर गैरे, बिनायक तामाङ र सारङ्गी संसार टिम को प्रतिनिधित्व गरेर आउनु भएका ताराकान्त बिक र पत्रकार जीवन पराजुलि,अनिल आघात, प्रकाश बराइली, बिक्रम सुनार सम्मानित हुनु भएको थियो। कार्यक्रम प्रशम्सनिय थियोे उपस्थित सम्पुर्ण ले यस्तो बिशाल कार्यक्रम सम्पन्न गर्न सफल सस्था का अध्यक्ष आशा गौतम ज्यु लाई बधाई तथा आगामी कार्यक्रम का लागि शुभकामना दिए।