Tue. Jul 23rd, 2024

३१भदौ। बुधवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,५३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो एकै दिन पुष्टि गरिएको सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो।सो अवधिमा आठ जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५८,००० नाघेको छ। स्वास्थ मन्त्रालयका प्रबक्ता जागेस्वर गौतमका अनुसार अहिलेसम्म ३७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *