Thu. Mar 27th, 2025

३१भदौ, दाङ । दाङको घोराही उपमहानगरपालिका असोज ४ गतेसम्मका लागी बन्द गरिएको छ। हिजो उपमहानगरपालिकाको कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोले कार्यालय बन्द गरिएको हो। घोराही उपमहानगरपालिकाका प्रशासकिय प्रमुख ऋषिराम केसीले आज सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवाहरु असोज ४ गतेसम्मका लागि बन्द रहने जानकारी गराउनु भएको छ।
कार्यालयले स्वास्थ शाखा, सरसफाइ सेवा र बिपद ब्यबस्थापन शाखा भने आबस्यक स्वास्थ सुरक्षा अपनाएर सेवा प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *