Tue. Jul 23rd, 2024

चेेैत १६ , राष्ट्रिय संगीतकर्मी सङ्घ लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाको जितपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो साथै अधिवेशनले पूर्ण चन्द्र परियारको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेको छ। कमिटीको अध्यक्षमा पूर्णचन्द परियार र वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र सुनार प्रथम उपाध्यक्षमा चन्द्रा गुरुङ दृतीय उपाध्यक्ष भुवन खड्का महिला उपाध्यक्ष उषा दसौती त्यस्तै उपाध्यक्षमा सुरज गौतम महासचिवमा आशिष कडेल क्षेत्री सचिवमा नकुल परियार सचिवमा सुनिता मगर कोषाध्यक्ष मा दीपक ओली प्रवक्तामा रमेश वलि सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी सदस्यमा सविन रनपाल रहेका छन , बैठकले विभिन्न निर्णयहरू समेत गरेको छ। साथै पहिलो बैठक लुम्बिनी प्रदेशको दाङ जिल्लाको भालुबाङमा वैशाखको दोस्रो हप्ता राख्ने निर्णय गरिएको छ बैठकमा प्रमुख अतिथि केन्द्रीय उपमहासचिव जीवन परियार विशिष्ट अतिथि केन्द्रीय सदस्य दिनेशरञ्जन को समेत उपस्थिति रहेको थियो। साथै प्रमुख अतिथि जीवन परियारले आफ्नो मन्तव्य राख्नुभएको थियो मन्तव्यको क्रममा राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाले छोटो समयमा उदाहरणीय काम गरेको भन्दै केन्द्रले दाङ जिल्लालाई सम्मान गर्ने जानकारी दिनुभएको थियो उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्षले आफ्नो मन्तव्य राख्नुभएको थियो। रन्जिता गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश महासचिव असिम कडेल क्षेत्रीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *