Tue. Jul 23rd, 2024

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था सतवरिया ले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमका बीच बीमा गरेका एक परिवारलाई मुत्यु बीमा दाबी भुक्तानी गरेको हो । कर्मचारी दिनेश नेपालीको अनुसार लमहि नगरपालिका वडा नम्बर ८ निवासी स्वर्गीय पथ्तर कलि चौधरी को बीमा रकम १ लाख १० हजार रुपैयाँ हस्तान्त्रण गरिएको हो । संस्थाले स्वार्गीय चौधरीको श्रीमान बिन्ति राम चौधरी लाइ मृत्यु बीमा रकम हस्तान्त्रण गरिएको जनाएको छ ।

उक्त रकम संस्थाका फिल्ड कर्मचारी तथा सस्था कै शाखा प्रमुख राम बहादुर चौधरीले बिन्ति राम चौधरीलाइ हस्तान्त्रण गरेका थिए । स्वार्गीय चौधरी २०७५ असोज १६ गते संस्थामा आवद्ध भइ बचत तथा कर्जाको कारोबार गर्दै आएकी थिइन् । उनले १ लाख कर्जा कारोबार गरेकी थिइन् । चौधरीले उपभोग गरेको रकमको सावा र व्याज जोड्दा २०हजार ४४२ रुपैयाँ हिसाब मिलान गरी बाँकी हुन आउने रकम ८८ हजार ७८० रुपैयाँ जोडेर एकमुष्ट हस्तान्त्रण गरिएको नेपालीले बताए ।
उनले कर्जा वितरण गर्दा हुन आउने जोखिमलाई मध्यनजर गर्दै संस्थाले सम्पूर्णका बीमा गर्दै आएको जानकारी दिए । त्यसको आधारमा सदस्यको मृत्यु भएको खण्डमा नीजका परिवारलाई बीमा रकम हस्तान्त्रण गर्दै आएको उनको भनाइ थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि साथै सस्था का शाखा प्रमुख श्री राम बहादुर चौधरीले बीमा गर्नु अत्यावश्यक रहेको बताएका थिए ।
उनका अनुसार बीमा जीवनका लागि महत्वपूर्ण छ । बीमा हस्तान्त्रण कार्यक्रममा उक्त शाखा कार्यालय का अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *