१७ भदौ । जुम्ला कारागारका कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणमा कारागारका १० जनामा संक्रमण देखीएको हो ।
कारागारका चारजना कैदीबन्दी, तीनजना कारागारको सुरक्षामा खटिएका प्रहरी, दुईजना कार्यालय सहयोगी कर्मचारी र एकजना कारागारमा तरकारी ल्याउने व्यापारीमा पनि संक्रमण देखिएको जिल्ला कारागार जुम्लाका जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए ।