Sun. Feb 9th, 2025

कार्तिक २८।

नेपालीहरुको ठूलो चाड तिहारको पहिलो दिन अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ ।यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ तिहारको पहिलो दिन कागको पूजा गर्ने चलन रहेको छ ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *