टंक मल्ल/११ जेठ , दाङ ।
चाहेमा के गर्न सकिदैन र समाज परिवर्तन गर्न र सकारात्मक बाटोकाे मार्गदर्शकाे रूपमा युवाहरूकाे महत्त्वपूर्ण भुमिका रहने गर्दछ । यस्तै उदाहरणका रूपमा लिन सकिन्छ तुलसीपुर उपमहानगरपालिका वडा नं ३ का जुझारु युवाहरूलाई । उनिहरूकाे सक्रिय सहभागितामा अाफ्नाे घर नभएका दलबहादुर साहु र दिलसरी साहुकाे घर अब युवाहरूकाे सक्रियतामा बन्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखाेला झरना टाेलमा बस्दै अाएका यी दम्पती अर्काको घरमा बस्दै अाएका थिए उनिहरू दुवै अशक्त अपांग छन् जसकाे साहारा काेही थिएन ।अहिले ती युवाहरू ती दम्पतीका अभिभावक बनेका छन ।
त्यस ठाउका युवाहरूले सामाजिक सञ्जालमा सहयोग काे लागि अनुरोध गर्दै अाईरहनुभएकाे थियाे।
धेरै ठाउँबाट सहयोग जुट्दै अाईरहेकाे अबस्था छ । उक्त सहयोग लाई सहि तरिकाले सदुपयोग गरि घर निर्माण गर्नकै लागि युवाहरूको नेतृत्वमा घर निर्माण हुने भएको छ । विभिन्न उप समिति गठन गरि प्रभावकारी तरिकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने युवाहरूको अठोट रहेको छ ।
जसअनुसार घर निर्माण समितिमा
विप्लव वली अध्यक्ष,संकर भुसाल,रमेश वली,टेकराज के सी,गाेविन्द भुसाल र ठाकुर वली छनाैंट हुनुभएको छ।
अार्थिक उप समितिमा संकर भुसाल संयाेजक र गाेविन्द भुसाल रहनुभएकाे छ।
व्यवस्थापन उप समितिमा रमेश वली संयाेजक र ठाकुर वली सह संयाेजक रहनुभएकाे छ ।
त्यस्तै घर निर्माण तथा व्यवस्थापन समिति सल्लाहकार मा वडा अध्यक्ष विजय वि क संयाेजक ,सुरवीर वली र चेतमान सेजुवाल सदसहरू रहनुभएकाे छ ।
प्रेस सल्लाहकारमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वली रहनुभएकाे छ ।