Thu. Mar 27th, 2025

तुलसिपुर २१,दिपक ओलि/ युवा दिवसको अबसर पारी नमुना युवा संसद तुलसिपुर द्वारा विभिन्न कार्यक्रमहरु गरि मनाइने भएको छ । ‘रोजगारी प्रबर्धन र बाताबरण संरक्षणमा युवा सम्लग्नता ‘ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम मनाइने भएको छ ।कोरोना भाइरस (covid-19)को कारणले यस बर्ष बृहत् कार्यक्रम नगरी तथा अन्य युवा भेला, सम्मेलन गर्न नसकेता पनि थोरै युवाहरुलाई समाबेश गरि, कुनै पनि जोखिम नहुने गरि बिबिध कार्यक्रम गर्न थालिएको नमुना युबा संसद तुलसिपुरका रास्ट्रपति मदन भुसालले जानकारी दिएका छन। यसैगरी दिवसको अबसरमा रक्तदान कार्यक्रम ,सरसफाइ , बृक्ष्यारोपन, कोरोना भाइरस विरुद्ध योगदान दिने स्वस्थ्यकर्मिहरुलाइ प्रोत्साहन कार्यक्रम ,दिप प्रज्जोवलन जस्ता युवा लक्षित कार्यक्रम गरि मनाउने तयारिमा रहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *