Sat. Jan 18th, 2025

मङ्सिर३।

नेपालमा आज १,४४१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा देशभरि ६,७३१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सरकारको तथ्याङ्कअनुसार बुधवारसम्म नेपालमा १,२५९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १३ हजार हराहारी पुगेको छ।अहिले पुष्टि भएका २८,८७८ जना सक्रिय सङ्क्रमित छन्।मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,५३८ जना सङ्क्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *