Fri. Jul 19th, 2024

हेमन्त वली असार-१६,दाङ। नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को पेशागत संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङ जिल्लाका सचिवालय सदस्य लिलाधर नेपाली नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। आज प्रेस बिज्ञप्ति जारी गर्दै नेपालीले पार्टी प्रवेश घोषणा गरेका हुन।बिज्ञप्तिमा हालसम्म आबद्ध शिक्षक संगठनले शिक्षकहरुको समस्यालाइ वेवास्ता गरेको,संसदीय व्यवस्थाबाट शिक्षकहरुको पेशागत हकहित र अधिकार संरक्षण नहुने र मुल पार्टी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) पनि संसदीय व्यवस्थामा पतन भएको,जनअपेक्षा अनुसार काम गर्न नसकेको साथै बैज्ञानिक समाजवादका विषयमा जनतामा भ्रम सिर्जना गरेको हुनाले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन। सच्चा कम्युनिस्ट पार्टी अर्थात बैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा सहित अगाडि बढेको क.विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको पेशागत संगठन अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेको बिज्ञप्ति मार्फत जानकारी गराउदै देशभक्त,क्रान्तिकारी र प्रगतिशिल शिक्षकहरु लगाएत सम्पुर्णलाई नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध हुन अपिल गरेका छन। तुलसीपुर उपमहानगरपालिका वडा नं.६ मा स्थायी बसोबास गर्ने लिलाधर नेपाली जनयुद्धकाल देखि नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आवद्ध भइ निरन्तर क्रान्तिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *