Wed. Apr 23rd, 2025

माघ ५ रोल्पा – एक महिलाले आफ्नै श्रीमानकाे हत्या गरेकी छन।
सुनछहरी गाउँपालिका वडा नं.६ झिरबाङकी ४१ वर्षिया मिना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरको मङगलबार बेलुका करिब ५ बजेतिर हँसिया र ढुङ्गा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
मृत अवस्थामा घर देखि नजिकैको बारीमा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे लगत्तै ईलाका प्रहरी कार्यालय सुलिचौरबाट अनुसन्धान टाेली सहित प्रहरी निरीक्षक लक्ष्मण ओलीकाे कमान्डमा खटिएको प्रहरी टाेली घटनास्थल पुग्दा मृतक कालेकाे शव छाती देखि माथि ढुङ्गाले छाेपेकाे अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *