१९भदौ। बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी कोरोना संक्रमीत भेटिएका छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो ।
त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।