Sat. Dec 14th, 2024

घोराही । पत्रकार महासंघ दाङले यस बर्षको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार साक्षि खबर पत्रिकाका प्रकाशक/सम्पादक तथा प्रदेशपत्र अनलाइनका सम्पादक दामोदर बस्नेत राकेशलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको २९औं स्थापना दिवसको अवसरमा बस्नेतलाई सो पुरस्कार सहित अन्य तेह्र जनालाई पनि विभिन्न अक्षयकोषबाट पुरस्कृत गरिएको हो । सो अवसरमा तीन वटा सञ्चार माध्यमलाई पनि सम्मान गरिएको थियो । शाखाको २९ औं स्थापना दिवसका अवसरमा सम्मानित हुने अन्य पत्रकारहरुमा अंकित–टुकादेवी स्मृति पत्रकारिता पुरस्कार सविन प्रियासन, उमा–चन्द्र–गित–हरि स्मृति पत्रकारिता पुरस्कार लिला शाह, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट जेएन सागर, दिपक भट्टराई स्मृति पत्रकारिता पुरस्कार भूपेन्द्र वली, महिला सिर्जनशील पत्रकारिता पुरस्कार सरिता चौधरी, ओमप्रकाश स्मृति पत्रकारिता पुरस्कार लिलाधर वली, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरकार प्रेमविवश घर्ती, लोककुमारी स्मृति प्रतिभा पत्रकारिता पुरस्कार पाण्डव शर्मा, दुर्गा–टिका स्मृति पत्रकारिता पुरस्कार सविता चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कार जीतबहादुर चौधरी, देवकी नन्दन प्रतिभा पुरकार जनक नेपाली, टिका–नारायणी स्मृति पत्रकारिता पुरस्कार देव यादव र पत्रकारिता प्रोत्साहत पुरस्कार विरेन्द्र गिरीलाई प्रदान गरिएको हो ।

स्थापना दिवसका अवसरमा छापा सञ्चार माध्यमतर्फ नयाँ युगबोध दैनिक, विद्युतीय सञ्चार माध्यमतर्फ रेडियो हाम्रो पहुँच र अनलाइनतर्फ तुलसीपुर अनलाइनलाई सम्मान गरिएको थियो । स्थापना दिवसका अवसरमा कोरोना संक्रमणको जोखिमको समयमा नेपाल पत्रकार महासंघ दाङ शाखामा आइसोलेशन स्थापना गर्न सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियोे । मृतक पत्रकारहरुलाई मरोनोपरान्त सम्मान गरेको थियो ।

स्थापना दिवसमा शुभकामना व्यक्त गर्ने बक्ताहरुले प्रेसमैत्री तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सञ्चारकर्मीले अर्थपूर्ण खबरदारी गर्नुपर्ने बताएका छन् । प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा, संस्थागत विकाससँगै सामाजिक रुपान्तरण, जिल्लाको आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, शैक्षिक विकास लगायतका समग्र बिकासका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरि निर्माण हुने कानुन महासंघलाई स्वीकार्य नहुने बताए । महासंघ प्रेसमैत्री तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेको भन्दै केन्द्रीय उपाध्यक्ष जिएमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्धमा भएको कानुनलाई सच्याउन समेत आग्रह गरेका छन् । उनले लुम्विनी प्रदेश सरकारले निर्माण गरेको कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रणलाई अंकुस लगाउने गरि ड्राफ्ट तयार भएकाले सुरुदेखि नै विरोध गरिरहेको भन्दै वर्तमान सरकारले त्यसलाई पुर्नलेखन गरेर मात्र पास गर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङ जिल्ला समाजिक, राजनीति, आर्थिकसँगै समग्र विकासका लागि कलम चलाउन आग्रह गरेका थिए । नेपाल पत्रकार महासघ दाङ शाखाका सल्लाहकार तथा पुर्व अध्यक्ष सुदीप गौतमले महासघको मार्ग र सिद्धान्तमा रहेर अघि बढ्न पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेपाल पत्रकार महासघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनले दाङको पत्रकारिताको संस्थागत बिकासदेखि पत्रकारहरुको क्षमता बिकासमा ध्यान दिनुपर्ने बताए । त्यसका लागि वर्तमान कार्यसमितिलाई सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासघ शाखाका पुर्व अध्यक्ष एवं प्रेस स्वतन्त्र सेनानी सुशील गौतमले पत्रकार क्षेत्रका धेरै सकारात्मक पक्ष र उज्ज्वल सम्भावना रहेको भन्दै उनले सत्यका पक्षमा दृढताका साथ कलम चलाउन आग्रह हरेका थिए । कार्यक्रममा महासघका पुर्व अध्यक्ष केएल पीडितले सञ्चार क्षेत्रको बिकाससँगै पत्रकारले क्षमता बिकासमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङ शाखाका सल्लाहकार लक्ष्मी आचार्य, महासंघका संस्थापक कोषाध्यक्ष रामप्रसाद पौडेल, नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा समाजबादीका चिरञ्जीवी बुढाथोकी, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, सामुदायिक रेडियो प्रसारक संघ अकोर्यावका केन्द्रीय सदस्य संगीत बस्याल, प्रदेश अध्यक्ष केपी घिमिरे, पुरस्कार संस्थापक समेत रहेका सामुदायिक वन उपभोक्त महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिङ बुढाथोकी, जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख मुकुन्द रिजाल, प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, घोराही उपमहानगरपालिका १४ का वडा अध्यक्ष शक्तिराम डाँगी, मानवअधिकार एलायन्स दाङका अध्यक्ष विकिरण गौतम, पुरस्कृत व्यक्तिका तर्फबाट पत्रकार महासघका पुर्व उपाध्यक्ष लिला शाह, पुर्व सचिव भुपेन्द्रप्रकाश वली, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, प्रगतिशील पत्रकार सघ दाङका अध्यक्ष महेश रिजाल, जनपत्रकार संगठन नेपाल दाङका उपाध्यक्ष जंग रेउले, क्रियाशील पत्रकार महिला मञ्चका अध्यक्ष रोशनी मल्ल, आदिवासी जनजाती पत्रकार संघघका प्रेमबहादुर राम्जालगायतले मन्तव्य व्यक्त गरेका थिए । पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आर.के. शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *