बैशाख १४। विगत २४ घण्टामा नेपालमा थप ४,५४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।सो सङ्क्रमण १४,६७२ जनाको पीसीआर र १,००९ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।
नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले थप १८ जनाको मृत्यु भएको मन्त्रालयले मङ्गलवार जनाएको छ।विगत २४ घण्टामा ५५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।