कार्तिक १९ कालिकोट । नेपाल मजदुर किसान पार्टीको चुनावी आमसभा सदरमुकाम मान्ममा आज सम्पन्न भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाकाे मंसिर ४काे चुनाबलाई लक्षित गर्दै चुनावी आम सभा कार्यक्रम सम्पन्न भएकाे हाे ।
निर्वाचन परिचालन समितिका संयाेजक नाैलासिंह गिरिकाे अध्यक्षता, पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीकाे प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य रबिन्द्र ज्याख्खु, पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका उम्मेदवार खड्कराज शाही लगाएतका अतिथिहरुकाे उपश्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रतिनिधसभाका उम्मेदवार शाहीले बामगठबन्धनलाई लक्षित गर्दै भन्नू भयाे बिहे हुनु कहिले कहिले छाेराे पाउनु अहिले भने जस्तै चुनाब आउनु जित्नु कहाँ कहाँ अहिलेई गृहमन्त्री, भाैतिक मन्त्री, पर्यटन मन्त्री हुन्छौं भन्दै प्रचार गर्नु, पद पैसाकाे धाक देखाउनु गलत रहेकाे टिप्पणी गर्नुभयाे ।
पार्टीका केन्द्रीय सदस्य रबिन्द्र ज्याख्खुले बाढीपीडित तथा धनजनको क्षति प्रति गहिरो समबेदना प्रकट गर्दै, भाैगाेलिक रुपमा अध्यन नगरि दलाल पार्टीका कमिसन खाेरहरुकाे मनपरि सडक खनेका कारण यस्ताे क्षति भएकाे बताउनु भयाे ।
रयसैगरी पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले जनता सचेत नभई शासकदलहरुलाईनै मतदान गरेकाे खण्डमा देश सिकिम, फिजि बन्नेमा दुई मत नभएकाले देशकाे अस्तित्व बचाउनका लागि मादल चिन्हमा मतदान गर्नुपर्ने बताउनुभयो ।