Sat. Mar 14th, 2026

शीर्षक: न्यु भिजन परम्परा युवा क्लबद्वारा भैलो खेलेर शिक्षा पुरस्कारका लागि अक्षयकोष स्थापना

तुलसीपुर (दाङ) —
“शिक्षा, सेवा र समाज विकास हाम्रो पहिचान” भन्ने नाराका साथ न्यु भिजन परम्परा युवा क्लब, तुलसीपुर–३ गहतेले शिक्षाको क्षेत्रमा प्रेरणादायी कदम चालेको छ। क्लबले तिहारको अवसरमा भैलो खेलेर संकलन गरेको रु. १ लाख ८१ रुपैयाँ शिक्षा पुरस्कारका लागि अक्षयकोषमा जम्मा गरी उदाहरणीय काम गरेको हो।

उक्त अक्षयकोष स्थापनाको औपचारिक कार्यक्रम श्री सरस्वती चौतारा माध्यमिक विद्यालय, सल्लिवन, दाङमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा क्लबका अध्यक्ष टंक मल्ल (सुशान्त), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर डाँगी, पूर्व अध्यक्ष रामप्रसाद बस्याल र कान्तप्रसाद खरेल, शिक्षक चित्रबहादुर डाँगी, विद्यालय व्यवस्थापन समिति सदस्यहरू मुकुन्द प्रसाद काफ्ले र पुर्ण प्रसाद गैरे, विद्यालयका प्रधानाध्यापक लक्ष्मी न्यौपाने, शिक्षक अभिभावक संघ अध्यक्ष विद्या भुसाल, बाल क्लब अध्यक्ष कोपिला खड्का, जुरेस अध्यक्ष एलिसा अधिकारी, शिवपुर टोल अध्यक्ष मोतीराम केसी, सरस्वती टोल अध्यक्ष जीवन केसी, मनकामना टोल अध्यक्ष बमबहादुर मल्ल, सल्लाहकारहरू देवेन्द्र केसी, भरत केसी, नविन शर्मा र मित्रलाल केसी लगायत क्लबका पदाधिकारी, शिक्षक–स्टाफ, विद्यार्थी तथा अभिभावकहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले युवाहरूको यो सकारात्मक र सिर्जनशील पहलले स्थानीय तहमा शिक्षाको गुणस्तर वृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। क्लबका सल्लाहकार देवेन्द्र केसीले जानकारी दिनुभयो कि यस अक्षयकोषबाट हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट शिक्षक, र विषयगत रूपमा उत्कृष्ट विद्यार्थीलाई शिक्षा पुरस्कारसहित नगद सम्मान प्रदान गरिनेछ।

त्यसैगरी, पत्रकार झग्गु भण्डारी, शंकर भुसाल र जय ओलीले क्लबको योगदानको प्रशंसा गर्दै भने —
“युवाहरू नै समाज रूपान्तरणका अग्रदूत हुन्।”

क्लबका अध्यक्ष **टंक मल्ल (सुशान्त)**ले भने,
“शिक्षा र समाज विकासका लागि यो अक्षयकोषले दीर्घकालीन प्रभाव पार्नेछ। हामी युवाहरूले उदाहरणीय काम गर्दै जानेछौँ।”

कार्यक्रमको सहजीकरण मेघराज पाण्डेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *